५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्याङ्जामा ५८ करोडको सुन्तला उत्पादन



स्याङ्जा ।
सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ ।
सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए । यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ ।
यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगैँचा छन् । यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए ।

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  ८ : ४६ बजे