५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको मूल्य बढ्यो, चाँदी स्थिर



काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढ्दै ७४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  १२ : ४३ बजे