५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

६८ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै, भन्सार प्रशासन ब्यवस्थित बनाऊ



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज ६८ औं अन्तर्रा्ष्ट्रिय भन्सार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व भन्सार संगठनको स्थापना भएको दिन जनवरी २६ तारिखमा विश्वभरका भन्सार प्रशासनले अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरेका छन्। भन्सारको पद्धति र प्रणाली सुधारमा तथ्यांक विश्लेषणलाई प्रवर्धन गर्ने, प्रभावकारी सीमा व्यवस्थापन गर्ने लगायतका सन्देश दिंदै यो दिवस मनाइन्छ । अर्थ मन्त्रालयले सुधारिएका प्रणालीको कार्यान्वयनसंँगै कारोबार लागत न्यूनीकरण, भन्सार सेवाको उत्कृष्टता कायम, जनशक्तिमा व्यवसायिकताको विकासको माध्यमबाट सूचना प्रविधिमा आधारित भन्सार प्रशासन स्थापित गर्ने कार्यमा सहकार्य आवश्यक रहेको बताउँछ ।

यो दिवस मनाइरहँदा सेवाग्राहीले भने भन्सार प्रशासनलाई व्यवस्थित बनाउनु र विश्वव्यापी प्रविधिको उपयोग गर्न सुझाउँछन् । भन्सार प्रशासनलाई व्यवस्थित बनाउन विश्वव्यापी प्रविधिको उपयोग गर्ने क्रममा चालु वर्ष भित्र दश प्रमुख भन्सार कार्यालयमा ुवेबुमा आधारित ‘आसिकुडा वर्ल्ड’ प्रणालीको कार्यान्वयन गरिएको भन्न्सार विभागले जनाएको छ।

यस्तै आयात निर्यात संकेत नम्बरको प्रयोग, अत्याधुनिक एक्सरे मेशिन, यात्रुजाँच पासमा प्रयोग हुने मेशिनहरुको स्तरोन्नति लगायतका काम भइरहेको विभागले बताएको छ। यस्तै आयात निर्यात संकेत नम्बरको प्रयोग, अत्याधुनिक एक्सरे मेशिन, यात्रुजाँच पासमा प्रयोग हुने मेशिनहरुको स्तरोन्नति लगायतका काम गरी सेवालाई प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ६ : ३४ बजे