काठमाण्डौँ ।
मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।मच्छिन्द्रले सोमबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबलाई २० गोलले पराजित गरेको हो। मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ुबीु ले गोल गरे। दिपक राईको स्थानमा २८ मिनेटमा मैदान छिरेका रेजिनले ३८ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए।
यो सिजन मच्छिन्द्रमा आएका विशालले खेलको अन्तिम मिनेटमा टिमको अग्रता दोब्बर पारेका थिए। जितसँगै मच्छिन्द्रले ९ खेलबाट १९ अंक जोडेको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको १७ अंक छ। थ्रीस्टार भने ९ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा छ।
प्रतिक्रिया