२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

वाणगंगाका उपमेयर अर्यालकी पत्नि दुर्घटनामा, टाउकोमा सामान्य चोट



मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालकी पत्नि चोभा अर्याल सोमबार दुर्घटनामा पर्नुभएको छ । दिउँसो घर नजिकै भित्रि सडकमा हिडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएपछि उहाँ दुर्घटनामा पर्नुभएको हो ।
कञ्चन गाउँपालिकाको भैसाईबाट बैरिया आउनेक्रममा लु १३ प ९००५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा अर्याल सामान्य घाइते हुनुभएको हो । उहाँको टाउकोमा सामान्य चोट लागेको छ । दुर्घटनापछि उहाँलाई चारनम्बरको युनाइटेड नेशनल अस्पतालमा उपचारको लागि ल्याइएको थियो । अस्पतालका अनुसार उहाँको टाउकोमा सामान्य चोट रहेका कारण सामान्य उपचारपछि साँझ डिस्चार्ज गरिएको छ ।
मोटरसाइकल चालक दल बहादुर विक तीव्र गतिमा रहेका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ठक्कर दिने चालक विक प्रहरी नियन्त्रणमा छन् । चालक विकले भने आफु झुक्किएर दुर्घटनामा परेको मायादेवी अनलाइनलाई बताए । उनको शरिरमा सामान्य चोट लागेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ६ : २८ बजे