मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेवि संघ कपिलवस्तुले सोमबार पनि न्यानो कपडा वितरण अभियानलाई जारी राखेका छन् । गरिब तथा विपन्न परिवार लक्षित विभिन्न सामाजिक कार्य गर्दै आएका दुई संगठनले सोमबार वाणगंगा नगरभित्रका ३ सय बढी विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।
नगरपालिकाका वडा नं. १, २, ३, १० र ११ मा पुगेर न्यानो कपडा सिरक वितरण गरेको तरुण दल कपिलवस्तुका अध्यक्ष शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो । कठ्याङ्ग्रीदो जाडोमा न्यानो सिरक पाएपछि लक्षित समुदाय खुसी भएका थिए ।
नागरिकको गास, बास र कपासको व्यवस्था राज्यले गर्नुपर्ने भएपनि आफुहरुले नगर भित्र अभियानका रुपमा काम गर्दै आएको नेवि संघ कपिलवस्तुका नेता चन्द्रकान्त पोख्रेलले बताउनुभयो । सामाजिक अभियानका रुपमा आफुहरुले निरन्तर रुपमा यो काम गर्दै आएको उहाँको भनाई छ ।
१३ माघ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया