२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

वाणगंगाको होराइजन माविमा खाना महोत्सव



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका सिद्धिपुरमा अवस्थित होराइजन माविमा खाना महोत्सव सम्पन्न भएको छ । विद्यार्थीलाई विभिन्न जातजातीका समुदायले खाने खानाबारे जानकारी गराउन महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विद्यार्थीले विभिन्न जातजातीका खानाका परिकार राखेका थिए । उनीहरुले नेवार समुदाय, मगर समाुदाय, थारु समुदाय, बा्रह्मण तथा क्षेत्री गरी ४ समुदायका खानाका परिकारहरु प्रर्दशन गरेका हुन् । विद्यार्थीले प्रर्दशन गरेको खानालाई सदनात्मक रुपमा विभाजन गरिएको हो ।
विभिन्न समुहका खाना मध्ये उत्कृष्ट समुहलाई पुरस्कृत गरिने विद्यालयका प्रिन्सिपल बासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाले गत वर्षपनि विद्यालयले खाना महोत्सव संचालन गरेको भन्दै यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिएको बताउनुभयो । महोत्सवमा राखिएका विभिन्न जातजातीका खानाका परिकारले सामाजिक एकताको सन्देश दिने उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले पढाई मात्र नभएर विद्यार्थीले ब्यवहारी जीवनमा गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा महिला नेतृ सुमित्रा पौडेल, वडा सदस्य चित्र बहादुर खाँण लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक पदमपाणी ढुङ्गानाले गर्नुभएको हो ।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ८ : १४ बजे