११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

क्रिष्टियन एरिक्सन इन्टर मिलान गए



एजेन्सी ।
क्रिष्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । २७ वर्षका मिडफिल्डर एरिक्सनलाई इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामबाट १६.९ मिलियन पाउण्डस्ट्रर्लिङ्गमा अनुबन्धित गरेको हो ।

डेनिस एरिक्सनले इन्टर मिलानसँग सन् २०२४ को जुन ३० सम्मका लागि सम्झौता गरेका हुन् । यो वर्षको समरमा एरिक्सनले टोटनह्यामसँग आफू नयाँ चुनौतिको खोजीमा रहेको बताएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ७ : ४८ बजे