२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

परदेशी र घरदेशीलाई रुवाउने गणेश अधिकारीको ‘पासपोर्ट हरियो’



विमल गैरे, कपिलवस्तु ।
पछिल्लो समयका निकै लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको नया गीत सार्वजनिक भएको छ । घर परिवारलाई छाडेर रोजगारीको लागि वैदेशिक यात्रामा जानु पर्दाको तितो यर्थाथलाई गीतमा प्रस्तुत गरिएको छ । गीत सार्वजनिहुनुपुर्वनै सामाजिक संजालमा चर्चित उक्त गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
“पासपोर्ट हरियो”
घर धानेर बस है सानुले, आफु त मुग्लानी परियो
गीतले विवाहित नेपाली युवा युवतीहरुकोे कहानीलाई जस्ताको त्यस्तै गीतमा उतारेको छ । कयौं युवाहरु विवाह पश्चात आर्थिक समस्याका कारण घर धान्न्कै लागि विदेशिनुपरेको छ । “पासपोर्ट हरियो” बोलको उक्त गीतमा विछोडिनुपर्दाको त्यो दुखको क्षणलाई प्रस्तुत गरिएको छ । पछिल्लो समय चर्चित गीतहरु आशुको कारखाना भाग १–२ , अभाव, कात्रो, आशु बेच्ने शहर, बलिदान लगाएतका गीत निकाल्न सफल लोकप्रिय गायक अधिकारीको नया गीत “पासपोर्ट हरियो” लाई पनि धेरै दर्शक तथा स्रोताले माया गरेका छन् ।
पासपोर्ट हरियो गीतमा गणेश अधिकारीको लय, शव्द र स्वर रहेको छ भने युट्युवबाट भाइरल वनेकी अस्मिता बुडाथोकीले स्वरमा साथ दिएकी छिन उनको यो पहिलो एल्वम पनि हो । स्मृती तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको उक्त गीतमा राजन वि.क. र सारिका के.सी.को अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  २ : ५६ बजे