२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पानारोमा रिसोर्ट कारबाहीमा, तीन महिना बन्द हुने



काठमाडौं ।
सरकारले मकवानपुरको थाहा नगरपालिका ४ सिमभन्ज्याङमा रहेको एभरेस्ट पानोरमा रिसोर्टलाई निलम्बन गरेको छ । तीन महिनाका लागि रिसोर्ट सञ्चालन गर्न नपाउने गरी निलम्बन गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
गत माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि हाललाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । सरकारले गरेको छानबिनका आधारमा रिसोर्ट निलम्बनमा परेको हो ।
कम्पनि रजिस्ट्रारको कार्यालय स्थानीय तहमा रिसोर्ट सञ्चालनका लागि दर्ता गरे पनि पर्यटन विभागमा दर्ता नगरेकाले निलम्बन गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए । उनले तीन महिनाभित्र विभागमा दर्ता भएपछि मात्रै रिसोर्ट पुनस्सञ्चालनमा आउनसक्ने बताए ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  १० : ४१ बजे