२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मकैको बीउको मूल्य तोकिए पछि किसान उत्साही



गुल्मी ।
जिल्लाका पाँच पालिकाले मकैको बीउको मूल्य निर्धारण गरेका छन । मूल्य तोकिपछि किसान उत्साहित छन । रेसुंगाका पाँच, इस्माका चार, मदानेका दस, मालिका र धुर्कोट गाउँपालिकाका एकरएक कृषि सहकारी र विभिन्न समूहले बीउ उत्पादन गर्दै आएका छन ।
जिल्लामा झन्डै सात टन मकैको बीउ आवश्यक पर्नेमा ४३ मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसअघि उन्नत बीउबीजन कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रम हटेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत मकै जोनले पाँच स्थानीय तहमा पाँच प्रकारका बीउ उत्पादनमा किसानलाई सघाएको छ । अरुण जातको मकैको ६५ रुपैयाँ, मनकामना–३ को ५२, मनकामना–६ को ५६, देउतीको ५२ र रामपुर कम्पोजिटको ५६ रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको परियोजना प्रमुख नारायण काफ्लेले बताए ।
जिल्लाका ५ सय १३ सहकारी तथा समूहले बीउ उत्पादन गर्दै आएका छन । आवश्यकभन्दा बढी भएको बीउ समूहमा संकलन गर्ने र जिल्लाबाहिर पठाउने गरिन्छ ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  १० : ३१ बजे