२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

‘पासपोर्ट हरियो’ लाई छोटो समयमै दर्शकको अपार माया



सिर्जना पौडेल, जितपुर ।
नेपाली गीत संगीतको यात्रामा रहेका गणेश अधिकारीको पछिल्लो गीत ‘पासपोर्ट हरियो ’ ले छोटो समयमै दर्शकको माया पाउन सफल भएको छ । विदेशीएका युवाहरुको कथालाई प्रस्तुत गरिएको उक्त गीतले छोटो समयमै लाखौ दर्शकको मन जित्न सफल भएको हो ।
‘पासपोर्ट हरियो’ बोलको उक्त गीत युटुबमा राखेको एक सातामै १० लाख (एक मिलिएन) भन्दा बढि पटक हेरिएको छ । विदेशिएका नेपालीको बेदना बोल्ने उक्त गीत विभिन्न संचार माध्यम, सामाजिक संजालमा चर्चितगीत हो ।
वि.स. २०७२ सालबाट संगीतमा लागेका अधिकारले यसअघि दर्जनौ हिट गीतहरु ल्याइसकेका छन् ।
समाजमा देखा परेका वास्तविक घटना र समसामयीक विषयवस्तुमा जोड दिएर गीत लेख्ने गायक अधिकारीमा शव्दको भण्डार रहेको केहि गीतकारहरुले भन्ने गरेका छन् । चाहे बृद्ध, चाहे युवा, चाहे वालक जुनसुकै उमेरका व्यक्तिहरुको मन छुने शव्द लेख्ने अधिकारी अव छिट्टै ‘शास्त्र’ नामक एल्वम ल्याउने तयारीमा रहेका छन् । पासपोर्ट हरियो गीत सोचे भन्दा पनि राम्रो भएको र धेरै दर्शको माया पाएको उनले मायादेवी संग भने ।
उनलले ‘पासपोर्ट हरियो ’ गीतमा नव कलाकार अस्मिता बुढाथोकीलाई स्थान दिदै संगीतमा प्रवेश गराएका छन् । गणेश अधिकारीको लय, शव्द र स्वर रहेको गीतमा अस्मिता बुडाथोकीले स्वरमा साथ दिएकी छिन । उनको यो पहिलो एल्वम पनि हो । पहिलो गीतमा धेरै दर्शकको माया पाएको भन्दै उनले खुसी ब्यक्त गरिन् । स्मृती तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको उक्तगीतमा राजन वि.क. र सारिका के.सी.को अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ७ : ५२ बजे