२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

व्यवसायिक केरा खेतीतर्फ किसान आकर्षित



पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाका किसान उन्नत जातको केरा खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि उनीहरुले केरा खेती गर्न थालेका हुन् । किसानहरुले परम्परागत बिउको प्रयोग गर्न छोडेका छन् । थोरै लगानीबाट बढी आम्दानी गर्न सकिने र बजारीकरणमा पनि समस्या नहुने भएकोले कृषकहरुले उन्नत जातको केरा खेती थालेका हुन् ।
स्थानीय जातको विरुवाको प्रयोग गरि परम्परागत शैलीमा निर्वाहमूखी केरा खेती गर्दै आएका यहाँका कृषकहरु अहिल उन्नत जानको विरुवाकोे प्रयोग गरी आधुनिक शैलिमा ब्यवसायिक रुपमा केरा खेतीको सुरुवात गरेका छन् ।
भु–वनोट र हावापानीको दृष्टिकोणबाट उत्तम, रोग तथा किराको प्रकोपबाट कम क्षति हुने भएकोले स्थानीय कृषकहरुले उन्नत जातको मालबोक, उइलियन, जी नाइन केराका बिरुवाको प्रयोग गरी ब्यवसायिक खेतीमा केरा खेती सुरु गरेका हुन् ।
रामपुर नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रम अन्र्तगत वडा नं. ६ लाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले लगानी गरेको हो । ब्यवासायिक केरा खेतीमा ४० जना कृषकहरु सलग्न रहेका छन् । रामपुर नगरपालिकाले विरुवाको ढुवानी र आवश्यक उपकरणको लागि शतप्रतिशत अनुदान उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : २३ बजे