३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

सञ्चारमन्त्री बास्कोटाको कार्यकक्षबाट धमाधम कागजपत्रहरु पोको पारेर बाहिर लगिदै



काठमाडौँ ।
सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षबाट अहिले विभिन्न कागजातहरु धमाधम पोको पारेर उनी निकट केही ब्यक्तिहरुले बाहिर लगिरहेका छन्। उनको कार्यकक्षमा पनि कसैलाई पस्न दिइएको छैन।
सेक्युरिटी प्रेस खरिदमा घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाको उनी निकट व्यक्तिहरुले सबै कागजातहरु पोको पारेर लैजान थालेका हुन्।
सामाजिक सञ्जाल,नागरिक समाज , विभिन्न निकाय तथा राजनीतिक दलहरुबाट घटनाको छानबिन गर्न माग भईरहेका बेला बेला उनको कार्यकक्षबाट सबै कागजात लैजानुलाई शंकास्पद रुपमा लिन सकिन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ०४ बजे