३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

आज सुनको मुल्य घटे पनि प्रति तोला ८० हजार बढी




काठमाडौँ । लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेर ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८० हजार रहेको थियो ।

चाँदीको मूल्य स्थिर रही तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  १२ : ४२ बजे