२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

नेकपा सचिवालय बैठक आजः एमसीसी र बास्कोटा कमिसन डिल मुख्य एजेण्डा



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ।विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्झौता र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ‘कमिसन डिल अडियो’ प्रकरणलाई बैठकको मुख्य एजेण्डा बनाइएको छ।यी विषय टुंगो लगाउन नेकपा नेतृत्व गम्भीर नभएको आरोप लागिरहेका बेला सचिवालय बैठक बस्न लागेको हो।

सचिवालयका एक सदस्यका अनुसार बुधबार ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे आफ्नो धारणा राख्नेछन्।यसअघि शनिबार फागुन १० गते बसेको बैठकमा यी विषयमा छलफल भएपनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन।

त्यसको अघिल्लो दिन ९ गते एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो।त्यसबारे कम्तिमा ३ दिन अध्ययन गरेर आफूहरु निष्कर्षमा पुग्ने ओली र दाहालले कार्यदलका संयोजक एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई बताएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ०९ बजे