२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विप्लवको शैक्षिक हड्तालले कपिलवस्तुसहित देशभरको पठनपाठन प्रभावित



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको छ ।

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ । हड्तालका कारण कपिलवस्तुका अधिकांस विद्यालय बन्द छन् ।

तौलिहवा, कृष्णनगर, चन्द्रौटा, चार नम्बर लगायतमा रहेका स्कुल तथा क्याम्पस बन्द छन् । २५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले उल्लेख गरेको छ ।

त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ५६ बजे