२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

देशभर मौसम बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा ?



काठमाडौँ ।
देशभरको मौसम बलदी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश भूभागमा अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

बुधबार दिउँसो पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।

पूर्वी भूभागका केही स्थानमा र मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले अनुमान गरेका छन् । मध्य र पश्चिमी तराईका एक–दुई स्थानमा मेघ गर्जन् र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ९ : ०० बजे