१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विप्लव नेकपाका दाङ जिल्ला सदस्यद्वारा पार्टी परित्याग



दाङ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य मानबहादुर बिक (विजय) ले पार्टी परित्याग गरेका छन् ।
पार्टीका जिल्ला सदस्य, रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्ष रहेकोमा उनले प्रेस विज्ञप्तिमार्फत बुधबारदेखि पार्टीका कुनै संगठन र गतिविधिमा नरहने घोषणा गरेका हुन् । साथै उनले अब स्वतन्त्र र खुला जीवनयापन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  २ : ०१ बजे