२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

लिभरपुलको पोष्टमा वाट्फोर्डको ३ गोल, टुंगियो अपराजित यात्रा



एजेन्सी ।
लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको पूरै सिजनमा अपराजित रहने लिभरपुलको सपना वाट्फोर्डले चकनाचुर पारेको हो ।लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुललाई वाट्फोर्डले ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इस्माइला सारले दुई गोल गरे ।

यस्तै कप्तान ट्रोय डीनीले एक गोल गरे । वाट्फोर्डले तीनै गोल दोस्रो हाफमा गरेको हो । सारले ५४ औँ मिनेटमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । यस्तै उनले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७२ औँ मिनेटमा डीनीले गोल गरेपछि वाट्फोर्ड ३–० ले विजयी भयो ।यो सिजन लिगको २८ औँ खेलमा आएर लिभरपुल पराजित भएको हो । यसअघि एक खेलमा बराबरी खेलेको थियो।

लिभरपुलले पछिल्ला १८ खेलमा लगातार जित निकालेको थियो र एक खेल जितेको भए प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान आफ्नो नाममा लेखाउने थियो ।तर यी सबै मार्ग अब बन्द भएका छन् । र पनि उपाधि होडमा भने लिभरपुललाई शायदै कसैले चुनौति दिन सक्ला । शीर्ष स्थानमा रहेको लिभरपुलको २८ खेलबाट ७९ अंक भएको छ ।लिभरपुललाई पराजित गरेको वाट्फोर्ड २८ खेलबाट २७ अंकसहित रेलिगेशन जोनबाट माथि उक्लिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ६ : २४ बजे