२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिरिएमा लाजिओले युभेन्टसलाई उछिन्यो, एक दशकपछि लिगको शीर्षस्थानमा



एजेन्सी ।

लाजिओ एक दशकपछि पहिलोपटक इटालियन सिरी ए फुटबलको शीर्षस्थानमा उक्लिएको छ । सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बोलोग्नालाई २–० ले पराजित गर्दै लाजिओ शीर्षस्थानमा पुगेको हो ।घरेलु मैदानमा भएको खेलमा लाजिओका लागि रोमेरो आल्कोन्चेल र ख्वाकिन कोरेयाले गोल गरे ।

दुवै गोल पहिलो हाफमा भएको हो । रोमेरोले १८ औँ तथा कोरेयाले २१ औँ मिनेटमा गोल गरेका हुन्।जितपछि लाजिओको २६ खेलबाट ६२ अंक भएको छ । लाजिओले युभेन्टसलाई पछि पारेको हो । युभेन्टसको २५ खेलबाट ६० अंक छ । सन् २०१०–०११ को सिजनमा लाजिओ १० खेल सकिँदा सिरी ए को शीर्षस्थानमा थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ३८ बजे