७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनजस्तो लसुन आधा सस्तियो



काठमाडौँ । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ। चीनमा देखिएको कोरोना भाइरसका कारण चीन(नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए। यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू। २२० थियो। तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू। ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताउनुभयो। भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो रू। ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो रू। २८० रहेको छ। चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ८ : २० बजे