एजेन्सी ।
आर्सनल एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई दुई–शून्यले हराउँदै आर्सनल अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
पोर्ट्समाउथको मैदानमा भएको खेलमा ७३ प्रतिशत बल पोसेसन बनाएको आर्सनलका लागि सोक्रिटस पापास्थाथोपाउलस र इडी एनकेतियाले एक–एक गोल गरे ।पहिलो हाफको इन्ज्युरी समयमा पापास्थाथोपाउलसले रेइस नेल्सनको पासलाई उत्कृष्ट भली प्रहार गर्दै आर्सनललाई अग्रता दिलाए । पोर्ट्समाउथविरुद्धको खेलमा आर्सनलले ६ जना २० वर्षभन्दा मुनिका खेलाडी उतारेको थियो ।
५१औँ मिनेटमा एनकेतियाले गोल गर्दै आर्सललाई दुई–शून्यको अग्रता दिलाए । आर्सनल एफ ए कपको क्वार्टन फाइनल पुग्ने पहिलो टिम बनेको छ । खेलमा पोर्ट्समाउथले एउटामात्र प्रहार पोस्टमा थियो, जसलाई आर्सनलका गोलकीपरले बचाएका थिए ।
प्रतिक्रिया