एजेन्सी ।
एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीमाथि एफएले अभद्र व्यवहारको आरोप लगाएको छ।
म्यानचेस्टर युनाइटेडसँगको खेलमा रातो कार्ड पाएका प्रशिक्षक एन्सिलोटीले खेल भावना विपरित व्यवहार गरेको र रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोप एफएले लगाएको हो ।
म्यानचेस्टर युनाइटेडसँगको खेलको अन्तिम समयमा डोमिनिक काल्भर्ट–लेविनले गरेको गोल अफसाइड भन्दै रेफ्रीले रद्द गरेपछि प्रशिक्षक एन्सिलोटी चिच्याउँदै रेफ्री क्रिस काभानाभ सामु गएका थिए ।
बिहीबारसम्ममा आरोप स्वीकार गरेमा एन्सिलोटी टच लाइन प्रतिबन्धबाट जोगिने छन् । तर उनले ८ हजार पाउण्ड जरिवाना भने तिर्नु पर्नेछ ।
प्रतिक्रिया