मायादेवी अनलाइन, चानम्बर ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स जितपुर शाखाले मृत्यु दाबी रकम विमित परिवारलाई प्रदान गरेको छ । निर्धन उत्थान लघुवित्त ओदरीका ऋणी सदस्य मृतक माधुरी कहारको परिवारलाई मृत्यु वापतको दाबी रकम १ लाख ५० हजार र काजकृया वापत ४५ हजार गरी १ लाख ९५ हजार रुपैया प्रदान गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स जितपुर शाखा प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मंगलबार शुद्धोधन गाउपालिका वडा नम्बर १ सुर्यवली कपिलवस्तुमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मृतकका छोरा कृपानाथ कहारलाई सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलकराम यादवले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र निर्धन उत्थान लघु वित्तको काम स्रहानिय रहेको बताउनुभयो ।
वडा अध्यक्ष यादवले सबैले आफुले सक्दो बीमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै शाखा प्रमुख अधिकारीले रिलायबल नेपाल लाइफ र जीवन बीमाको महत्वबारे प्रकास पार्नुभएको थियो । लघुवित्तका शाखा प्रमुख सुशिल गौतमको संचालन रहेको कार्यक्रममा उक्त क्षेत्रका एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया