५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाकै ८० हजार ७००



काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनभन्दा २ सय रुपैयाँले बढेर सुन हालसम्मकै महँगो बनेको हो ।

आज छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले हिजो पनि रेकर्ड कायम गरेको थियो । त्यसअघि फागुन १२ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सुनको मूल्य बढ्दा बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ८० रुपैयाँमा यथावत् छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १ : १३ बजे