२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

लोकप्रिय गायक तथा सर्जक अधिकारीको ‘शास्त्र’ बजारमा



विमल गैरे, कपिलवस्तु ।
आफ्नो उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारीको फेरि मनै रुवाउने ‘शास्त्र’ सार्वजनिक भएको छ । अधिकारीकै सिर्जनामा रहेको पछिल्लो गीत ‘पासपोर्ट हरियो’ले निकै चर्चा पाएको थियो भने युट्युवमा लाखौंले हेरिसकेका छन् ।
भर्खरै सार्वजनिक भएको ‘शास्त्र’मा विष्णु माझी र गणेश अधिकारीको आवाज रहेको छ । गीतलाई अधिकारीले नै लय तथा शब्द सिर्जना गरेका हुन् । समाजमा रहेको गरिवीलाई कलात्मक कथामा रुपान्तरण गरिएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको देखिन्छ ।


गीतमा चर्चित जोडी आशिर प्रताप जंग र सारिका केसीले मन छुने अभिनय गरेका छन । अपिल लामाको निर्देशन रहेको उक्त भिडियोले सबैको मन छुनेमा सर्जक अधिकारीको विश्वास छ ।
गीत सार्वजनिक भए पछि मायादेवी अनलाइनसंग कुरा गर्दै अधिकारीले यो सिर्जनालाई पनि आफ्नो विगतका सिर्जना जस्तै दर्शक स्रोताको माया पाउनेमा आफुहरु आशावादी रहेको बताए ।


गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १ : ४७ बजे