२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मालती खरेलको ‘न्याउली रूँदै’ गीत सार्वजनिक



विमल गैरे, कपिलवस्तु ।
नेपाली लोक संगीतको क्षेत्रमा लोकप्रिय नाम हो मालती खरेल । यिनै मालती खरेलको ‘न्याउली रूँदै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायक तेजस रेग्मी र मालती खरेलको आवाजमा सजिएको गीतमा सुरेश रमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् ।
विभिन्न मेला महोत्सवमा प्रतियोगी हुदै दोहोरी गाउदै हिड्ने गायिका खरेल २०७१ सालमा काठमान्डौ छिरेर औपचारिक रुपमै संगीतमा लागेकि हुन् ।
गायिका खरेलका दर्जन बढी हिट गीत छन् । उनको नया गीत ‘न्याउली रूँदै’ यतिवेला चर्चामा छ । आफ्नै युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको उक्त गीतमा शिव विकले निर्देशन गरेका हुन भने भिडियोमा तेजस रेग्मी र यान्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठले गरेका छन ।
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ३६ बजे