८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रदेश ५ का १० वटा अस्पतालमा आइसोलेसन बेड तयारी अवस्थामा



बुटवल ।
कोरोना संक्रमित विरामीको उपचार गर्नका लागि प्रदेश ५ मा आइसोलेसन बेड तयार पारिएको छ । १० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसोलेसन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।
बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । लुम्बिनीमा डा. सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा. प्रकाश थापा, पृथ्वीचन्द्र अस्पताल परासीमा डा. पवन अग्रहरि, तौलिहवा अस्पतालमा डा. गणेश क्षेत्री, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सदीक्षा योगी, देवदह मेडिकल कलेजमा डा. सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डा. दीपक भण्डारी, युसिएमएस भैरहवामा डा. नवीनजंग रायमाझी, नेपालगञ्ज मेडिकल कलेजमा डा सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डा. गजेन्द्र नेपालीलाई फोकल पर्सन तोकिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मेला महोत्सव, सभा, सेमिनार, महायज्ञ तथा मानिसहरूको ठूलो भीड लाग्ने कार्यक्रम नगर्न र सहभागी नहुन अपिल गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  ८ : ०१ बजे