५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

आजदेखि ८ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसामा राेक



काठमाण्डौँ । कोभिड–१९ ९कोरोना भाइरस० को सङ्क्रमण धेरै देखिएका विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ ।अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गर्न लागिएको जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गर्न लागिएको हो ।अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : १९ बजे