५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिटिजन लाइफ इन्स्योरेन्सको ‘एम.डी.आर.टी’ कार्यक्रम



काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलिएन डलर राउण्ड टेबल ‘एम.डी.आर.टी’ कार्यक्रम गरेको छ ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रम गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एम।डी।आर।टी’ यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पारेका थिए ।

यस्तै, ‘एम.डी.आर.टी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो ।
समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यो पेसालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताए । साथै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६ बुधबार ००:००  १ : ५३ बजे