५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एफवान सफ्टले गर्‍यो ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्तालाई सम्मान



काठमाडौं ।
एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा.लि. र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् ।
‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाट फर्म मार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ ।
‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लाटफर्म हो । जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।
सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामानतथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाई भुक्तानी गर्नेछ र पछि तोकिएको मिति माबिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।
हाल यस ‘क्वीक भुक्तानी’ प्लेटफर्टमा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभ दायक हुने विश्वास एफवान सफ्टले लिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६ बुधबार ००:००  ४ : ४० बजे