१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

विद्युत अवरुद्ध हुँदा रेडियो मायादेवीसंगै सेवाग्राही मारमा, शनिबार साँझसम्म विद्युत आउने



मायादेवी अनलाइन, चारनम्बर ।
शुक्रबार विहान ८ बजेदेखि कपिलवस्तुको चानरम्बरमा विद्युत अवरुद्ध भएकोे छ । विद्युत ट्रान्सफर्मरमा क्षति पुगेपछि वाणगंगाको चारनम्बरका केही भाग, सिद्धिपुर, होराइजनचोक लगायतका स्थानमा विद्युत अवरुद्ध भएको हो ।
विद्युत नियमित नभए पछि रेडियो मायादेवी, मायादेवी अनलाइन डटकम लगायतका सञ्चार माध्यम प्रभावित भएका छन् भने अन्य उद्योग, कलकारखाना, शिक्षण संस्था, छात्राबास, बजार, होटल, वित्तीयसंस्था लगायतमा विद्युतबाट हुने काम हुन सकेका छैनन । रेडियो मायादेवी शुक्रबार दिउँसोदेखि बन्द भएको छ भने शनिबार साँझ विद्युत सुचारु भएसंगै सुरु हुने प्रशासनले जनाएको छ ।
रेडियो प्रशासनले रेडियो प्रशारण नहुँदा पर्न गएको असुविधाप्रति विज्ञापनदाता, स्रोता लगायतसंगै क्षमा मागेको छ । यस्तै मौसममा आएको बदलावले प्राकृतिक विपत्तीका कारण रेडियोको महत्वपूर्ण उपकरणमा क्षति पुग्न सक्ने भएकाले पनि रेडियोको प्रशारण प्रभावित भएको रेडियोका अध्यक्ष टेकेन्द्र कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै रेडियोसंगै अन्य सेवाग्राही पनि विद्युत आपूर्ती नहुँदा प्रवाभित भएका छन । सिद्धिपुर निवासी रामप्रसाद चालिसेले दुई दिन विद्युत नहुँदा परीक्षा दिइरहेका विद्यार्थी पनि प्रभावित भएको बताउनुभयो ।
यता विद्युत वितरण केन्द्र गजेहडाले विद्युतको ट्रान्सफर्मर जलेकोले विद्युत आपूर्ती बन्द भएको जनाएको छ । नयाँ ट्रान्सफर्मर मगाइसकेको र शनिबार विहान देखि काम थालेर साँझसम्म विद्युत सुचारु गर्ने गरी काम गर्ने वितरण केन्द्र गजेहडाले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६ शुक्रबार ००:००  ६ : २१ बजे