९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोरोना भाइरसबिरुद्ध लड्न सार्क राष्ट्रहरु सहमत, आज हुने भिडियो कन्फ्रेसिङमा ओली पनि



काठमाण्डौँ । कोरोना भाइरसबिरुद्ध साझा रणनीति बनाउन संवादका लागि सार्क सदस्य राष्ट्रहरुबीच सहमति जुटेको छ।आइतबार साँझ सार्क सदस्य राष्ट्रहरुबीच दक्षिण एसिया स्तरीय साझा रणनीति बनाउन भिडियो कन्फ्रेसिङ गर्न सहमति जुटेको हो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोना भाइरसबिरुद्ध सशक्त रणनीति बनाउन सार्कको मञ्चबाट छलफल गर्न सबै सदस्य राष्ट्रहरुलाई अपिल गरेका थिए।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै सार्क स्तरीय रणनीति बनाउन आफू सहमत रहेको जानकारी ट्विटमार्फत गराएका थिए। लगत्तै सबै सदस्य राष्ट्रहरुले भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव जनाएका थिए।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ७ : ३४ बजे