४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कार्की कम्प्लेक्स चार नम्बरमा ABC मोबाइल, छोटो समयमा ग्राहकको मन जित्यो



मायादेवी अनलाइन, बाणगंगा ।
चार नम्बरकै सुविधा सम्पन्न कार्की कम्प्लेक्समा खुलेको ABC मोबाइल सेन्टरमा ग्राहकको भीँड लाग्न थालेको छ । कम्प्लेक्स सुरु भएसंगै सुरु भएको एबिसि मोबाइल एण्ड आइटी सोलुसनमा छोटो समयमा ग्राहकले विश्वास गरेका कारण भीँड बढेको प्रबन्धक नारायण पाण्डेले बताउनु भयो । जिल्लाकै सुन्दर नगरी बाणगंगामा राम्रो र गुणस्तरीय मोबाइल र आइटी सम्बन्धि काम गर्ने स्थानको अभाव महसुस गरेर आफूले ब्यावसाय सुरु गरेको पाण्डे बताउनु हुन्छ । सटर भाडा महंगो भएकाले सुरुमा के होला भनेर त्रास मानीमानी ब्यावसाय सुरु गर्नुभएका पाण्डे अहिले भने उत्साहित हुनुहुन्छ । किनभने उहाँलाई छोटो समयमा ग्राहकले विश्वास गरेका छन् ।

आफूले भारत गएरै यस सम्बन्धि काम सिकेको र १२ बर्षसम्म मुम्बइमा यसकै ब्यावसाय गरेकाले आफ्नो काममा गुणस्तर हुने उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले ग्राहकलाई दिने भनेको विश्वास हो । त्यो दिन हामी छोटै समयमा सफल भएका छौँ । दक्ष मेकानिकले काम गर्नु हुन्छ । म स्वयम पनि यसमा राम्रो अनुभव लिएको छु । हाम्रो विशेषता भनेको ग्राहकको सन्तुष्टि हो । त्यसैले हामीले गरेको काममा ग्राहकले विश्वास गर्नु भएको छ । ’

मुख्यगरी आइफोन सम्बन्धि गुणस्तरीय सेवासंगै, सामसङ, ओपो, भिभो, हुवेइ, एमआई, रेडमी लगायत सबै कम्पनीका मोबाइलको खरिद बिक्रि, मर्मत सम्भार, पार्टपुर्जा सुपथ मुल्यमा पाइने प्रबन्धक पाण्डेले बताउनु भयो । यस्तै आइटी सम्बन्धि सम्पूर्ण काम हुने उहाँको भनाई छ । नयाँ मोबाइल किन्नको लागि भारत, बुटवल या काठमाण्डौँ जानु पर्ने बाध्यता अब नभएको पाण्डेले बताउनु भयो । निकै कम मार्जिन राखेर त्यो सेवा आफूले चार नम्बरबाट दिइरहेको उहाँको भनाई छ । ग्राहकले पनि यहाँबाट आफू सन्तुष्ट भएको बताएका छन् ।

आइफोन बनाउन आएकी सिद्धिपुरकी एलिसा शर्माले सेवाबाट सन्तुष्ट भएको बताउँदै अन्य स्थानमा महंगो भनिएको काम कम मुल्यमा एबिसीले गरेको बताउनु भयो । मायादेवीसंगको कुराकानीमा उहाँले भन्नुभयो, ग्राहकले यस क्षेत्रमा राम्रो र विश्वासिलो मोबाइल सम्बन्धि काम गर्ने स्थान खोजिरहनु भएको हामीले पायौँ । उहाँहरुले राम्रो सेवा नपाएर धेरै दुख पाउनु भएको रहेछ । हेरौँ हामीले उहाँहरुलाई कति खुसी दिन सक्छौँ ? उहाँले मिहिनेत गर्ने र एउटै काममा खट्न सक्ने क्षमता हुनेले नेपालमै विदेशमाभन्दा धेरै गर्न सक्ने बताउनु भयो । पाण्डेले मोबाइल र आइटी सम्बन्धि काममा थप नयाँ नयाँ सुविधा र विशेषता थप्दै जाने बताउनु भयो । जनसंख्याको वृद्धि, कर, अस्वस्थ प्रतिस्पर्धाले ब्यावसाय भने चुनौतिपूर्ण रहेको पाण्डेको भनाई छ ।


प्रकाशित मिति : ३ चैत्र २०७६ सोमबार ००:००  ९ : ०६ बजे