७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

प्रदेश २ को सिरहामा ९ जनामा कोरोना आशंका, उपचारको लागि जनकपुर पठाइयो



सिरहा । कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए ।केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।

उनले भने, ‘उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’ उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष ले जानकारी दिए ।रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  ८ : १२ बजे