२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गशेण अधिकारीले बजारमा फेरी ल्याए अर्को गीत ‘देउन राधा देउ’



विमल गैरे, चारनम्बर ।
पछिल्लो समयका निकै लोकप्रिय बनेका गायक तथा सर्जक गणेश अधिकारीको निकै चर्चामा रहेका गीत ‘पासर्पोट हरियो’ र ‘शास्त्र’को अपार सफलतासंगै फेरी उस्तै मर्मस्पर्शी शव्द संगीतमा ‘देउन राधा देउ’ नयाँ गीत सार्वजनिक गरेका छन् ।
माया गर्ने जोडिहरुलाई बिशेष लक्षित गरी तयार पारिएको यस गीत सार्वजनिक हुनु भन्दा पहिले नै टिक टकमा भाइरल बनिसकेको थियो । मायादेवी अनलाइनसंग कुरा गर्दै अधिकारीले भने, “टिक टकमा पहिल्यै गीत राख्दा धेरै दर्शक श्रोताको माग हुने र गीत पनि चल्ने गर्छ ।”
मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको ‘देउन राधा देउ’को म्युजिक भिडियोमा गाह मगरलाई आशिर प्रताप जंगले साथ दिएका छन् । उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र गायक गणेश अधिकारीको सुमधुर स्वरले भरिएको छ भने लय शव्द पनि अधिकारीकै रहेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा जानुहोला

प्रकाशित मिति : ४ चैत्र २०७६ मंगलबार ००:००  १ : ०३ बजे