३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

निर्भया बलात्कार घटनाका चार दोषीलाई आज दिल्ली फाँसी



एजेन्सी । सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज (शुक्रबार) फासी दिइएको छ । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्र्दै फासीको सजाय सुनाइएको थियो ।भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो । यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ८ : ३२ बजे