१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चन्द्रौटामा बजाजको नयाँ मोडलको मोटरसाइकल लञ्च



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा बजार कम्पनीको नयाँ ब्राण्डेड मोटरसाइकल लञ्च गरिएको छ । शिवराज नगरपालिका–५ मा रहेको जिनत अटो मोटिभसमा बजाज कम्पनीको नयाँ ब्राण्डेड मोटरसाईकल लञ्च गरिएको हो ।
नेपालमा सर्वाधिक बिक्री हुने बजाज कम्पनीको नयाँ मोडल १२५ सिसीको पल्सर मोटरसाइकल लञ्च भएको अटो मोटिभसले जनाएको छ ।
बजारमा भर्खरै आएको मोटरसाइकलको बारेमा जिनत अटो मोटिभसका प्रोप्राइटर फरहान इक्वालले प्रकाश पार्दै मोटरसाइकल १२५ सिसि डिटिएसआई इन्जिन भएको, डिजिटल मिटर नाइटेस सन्स्पेन्सन, डिसी इंग्निशन स्टिम बिग डायामिटर फ्रन्ट र्फोक लगायत अन्य आकर्षक रङ्गहरुमा पाइने भएकाले ग्राहकको प्रमुख रोजाई हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नयाँ ब्रान्डेड मोटरसाईकल खरिद गर्दा विभिन्न प्रकारका छुट तथा आकर्षक उपहारको व्यवस्था रहेको इक्वालले बताउनुभयो । मोटरसाइकलको मुल्य २ लाख २४ हजार ९०० कायम छ ।
बजारमा भर्खरै आएको नयाँ मोडल पल्सर १२५ सिसीको मोटरसाइकल प्रदर्शन गरेर व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्ररेलले उद्घाटन गर्नुभएको थियो ।
यो मोटरसाईकल खरिद गरी चढ्ने हरेक ग्राहक सन्तुष्ट हुने, अरामदायी र सहयात्री साथीका लागि अति नै उपयोगी हुने अध्यक्ष पोख्रेलले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  ४ : २६ बजे