रेडियो   टिभी

कोरोना रोकथाममा विजयनगर गाउँपालिकाले गरेका यी पहलकदमी


राम प्रघट कोरी, विजयनगर ।
विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरसका कारण सबैलाई चुनौती दिईरहेको अवस्थामा विजयनगर गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि भएकोे पहल कदमी प्रयासमा जोड दिएको छ । विभिन्न सचेतनामूलक कार्यक्रमलाई अघि सार्दै सबै नागरिकलाई अवलम्बन गर्न आग्रह गरेको छ ।
गाउँपालिकामा कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भवना भएकोले यसको रोकथाम र नियन्त्रण तर्फ उच्च सतर्कता रहन पालिकाबासीलाई विज्ञप्ती मार्फत जनाइएको छ । गाउँपालिकाको तर्फबाट कोरोना भाइरसबाट संक्रमित हुन नदिन तथा संक्रमितलाई उपचारको ब्यवस्था मिलाई गाउँवासीलाई सुरक्षित गराउन पालिकाले भिभिन्न कार्यहरु गरिँदै सम्पूर्णलाई लाग्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अनुरोध गर्नुभएको छ ।

यी हुन गाउँपालिकाले गरेका पहलहरु
विजयनगर गाउँपालिका र इलाका प्रहरी कार्यालय गणेशपुरद्धारा गाउँघर, चौक, चौराहा हाट बजारहरुहरुमा पर्चा पम्पलेट र माइकिङ्ग प्रचारप्रसार गरिएको ।

गाउँपालिका भित्र गणेशपुर र गाउँपालिकामा २ ओटा हेल्थ डेस्क राखिएको ।
शंकास्पद व्यक्तिलाई राम शरण आधारभूत विद्यालयमा क्वारेन्टाइनको तयारी ब्यवस्था
गरिएको ।
अन्तरक्रिया छलफलबाट नागरिकलाई सचेत गर्ने सूचना प्रवाह गरिएको ।

कोरोना भाइरस सङ्क्रमण भएको आशंका लागेको खण्डमा गाउँपालिकाले टोल–फ्री नम्बर १६६०७६५२००१ साथै गाउँपालिकाको स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीलाई ९८४७०३५९०१ र इलाका प्रहरी कार्यालय गणेशपुरको ९८५७०५५१७२ मा सम्पर्क गर्नका लागि सर्वसाधरणलाई अनुरोध गरिएको ।
कोरोना बिरुद्दको अभियान संचालन गर्ने मास्क, सेनिटाईजर ज्वरो नाप्ने मेसिन, आदिको ब्यवस्था ।
गाउँपालिकाको विपद व्यवस्थापन समितिको निर्णयको बैठकबाट हाटबजारहरु पूर्णरुपमा बन्द गर्ने
सभा, गोष्ठी, भेला, गर्न निषेध गरिएको ।
२५ जना भन्दा बढी भेला जम्मा नहुने, निर्णय गरि कार्यन्वयनमा ल्याईएको ।
प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीलाई साबुन पानीले हात धुने व्यवस्था गरिएको ।
मासिक बैठक बस्दा हरेक महिनाको शुक्रवार सरसफाई गरी सचेतीकरणलाई उच्च प्राथमिकतामा राखी कोरोना भाइरस फैलिन नदिन अभियानमा लागी रहने ।
रेडियो तथा पत्रपत्रिकाबाट सूचना प्रशारण तथा प्रकाशन गरिएको ।

प्रतिक्रिया दिनुहोस