बीरगञ्ज ।
पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।
६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो । यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
यसभन्दा अगाडी चिनको बुहानमा बसेर नेपाल फर्केका एक जना नेपालीमा कोरोनाको पुष्टि भएपनि नेपाली भूमिमै रहेका कुनै नेपालीलाई कोरोना पुष्टि भएके थिएन । यद्यपि कोरोना संक्रमणका खबरहरु आइरहेका थिए । नेपालमा कोरोना देखिएसंगै सम्पूर्णमा त्रास सिर्जना भएको छ ।







प्रतिक्रिया