४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

इटालीमा नयाँ संक्रमण केही कम, नागरिकद्धारा प्रार्थना



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको इटालीमा नयाँ संक्रमण केही कम भएको देखिएको छ । तर मृत्यु हुनेको संख्या भने कम हुन सकेको छैन ।इटालीमा पछिल्लो २४ घण्टामा ८१२ जनाको मृत्यु भएसँगै कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा चार हजार ५० नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्ला दिनका तुलनामा केही कम हो ।इटालीमा कुल संक्रमितको संख्या एक लाख एक हजार ७३९ पुगेको छ । मार्च १७ यता इटालीमा सोमबार सबैभन्दा कम व्यक्तिमा नयाँ संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : २१ बजे