६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

कोरोनाबाट मृतक आधा भन्दा धेरै इटाली र स्पेनका नागरिक



एजेन्सी । नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १९ हजार ९८८, स्पेनमा ७ हजार ८४६, जर्मनीमा चार हजार ४५०, फ्रान्समा चार हजार ३७६, इटालीमा चार हजार ५० तथा इरानमा तीन हजार १८६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

नोवेल कोरोना भाइरसका कारण हुने कोभिडि–१९ बाट अहिलेसम्म विश्वभर ३७ हजार ७८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ९१३, इटालीमा ८१२, अमेरिकामा ५६५ र फ्रान्समा ४१८ जनाको मृत्यु भएको छ ।विश्वभर मृत्यु भएका ३७ हजार बढी मध्ये आधा भन्दा बढी इटाली र स्पेनका मानिस हुन् । इटाली ९११, ५९१० र स्पेन ९७, ७१६० मा गरेर कुल १९ हजार ४३७ जनाको मृत्यु भएको छ। स्पेनमा पछिल्ला दिनमा मृत्यु हुनेका संख्या बढी रहेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या दैनिक ८ सय भन्दा बढी वा त्यसको हाराहारीमा छ ।अमेरिका र इटालीमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेको छ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : २५ बजे