३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

भारतको राजस्थानमा एकै परिवारका आठ जनामा कोरोना सङक्रमण



एजेन्सी । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ५६ बजे