६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

बार्सिलोनाका खेलाडी तलब कटौतीमा सहमत



एजेन्सी ।
स्पेनिस महारथि बार्सिलोनाका खेलाडीले तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमति जनाएका छन् ।

कोरोना भाईरसले फुटबल लगायत गतिविधि ठप्प भएपछि बार्सिलोनाले ठूलो आर्थिक संकटमा पर्ने भन्दै खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो ।

सुरुवातमा बढी पारिश्रमिक पाउने खेलाडीले सहमत जनाएपनि कम तलव हुने खेलाडी असन्तुष्ट बनेका थिए । खेलाडी र पदाधिकारीको छलफलपछि खेलाडीले क्लबको अवस्थालाई ध्यानमा राखी ७० प्रतिशत तबल काट्न सहमत भएको बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई संकट परेको बेलामा खेलाडीले सहयोग गरेको

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ९ : ३० बजे