११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

बाणगंगाको ‘दैवी प्रकोप कोष’मा सहयोग जुट्ने क्रम जारी, सिद्धार्थ क्याम्पसद्धारा १ लाख जम्मा



मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगा नगरपालिकाले खडा गरेको ‘दैवी प्रकोप कोष’मा सिद्धार्थ क्याम्पस बुङचीले एक लाख रुपैयाँ जम्मा गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नगरले खडा गरेको कोषमा क्याम्पसले मंगलबार १ लाख रुपैयाँ जम्मा गरेको हो ।

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले आफ्नो एक दिनको तलब बापतको ४५ हजार रकम कोषमा सहयोग गरेका छन् भने क्याम्पसले संस्थागत रुपमा ५५ हजार रकम सहयोग गरेको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो । राष्ट्रमा परेको कोरोना महामारीको संकटबाट सिर्जित समस्या समाधान गर्न सामाजिक उत्तरदायित्व बोध गरी क्याम्पसले आर्थिक सहयोग गरेको शर्माले बताउनु भयो ।

कोषमा संकलन भएको रकम नगरका ७ वटा वडामा स्थापना भएका क्वारेण्टाइनको ब्यवसथापनमा खर्च गरिने बताउँदै उपमेयर अर्यालले क्याम्पसलाई धन्यबाद दिनुभयो । नगरपालिकाले बनाएको क्वारेनटाइन हाल ३५ वटा बेडको रहेको र थप गरी ५० बेडसम्म पुर्याइने उपमेयर अर्यालले बताउनु भयो । नगरले कुल ८५ बेड क्षमताका क्वारेण्टाइन छिट्टै संचालनमा ल्याउन लागेको मेयर मंगल प्रसाद थारुले बताउनु भएको छ । अहिले पिपरा अस्पतालमा आईसियू सहितको २ बेडको आइसोलेसन वार्ड स्थापना रहेको छ ।

त्यस्तै कोषमा होराइजन माध्यमिक विद्यालय सिद्धिपुरले ५० हजार र सिनर्जी बचत तथा ऋण सहकारी संस्थाले ४० हजार रकम सहयोग गरेका छन् । त्यसैगरी कपिलवस्तु जेसीज र रोटरी क्लवले पनि आर्थिक सहयोग गर्ने बताएको नगरपालिकाका प्रशासन अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो । कोषमा सङ्कलित रकम श्रमजीवी मजदुरलाई राहत दिन, स्वास्थ्य समस्या देखिएका नागरिकलाई क्वारेण्टाइन राख्न तथा थप उपचारको लागि जिल्ला बाहिर पठाउनको लागि परिचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बताउनु भएको छ ।नगरको कोषमा बिभिन्न स्थान तथा संस्थाबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ४९ बजे