१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नवलपरासीमा स्कुटी दुर्घटना, गोरुसिंगेका एक युवकको मृत्यु



नवलपरासी ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ दुम्कीवासमा भएको सवारी दुर्घटनाका कपिलवस्तुका एक युवाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तु बुद्धभूमि नगरपालिका २ गोरुसिंगेका ३६ बर्षीय पदम वहादर केसीको घटनास्थलमा मृत्यु भएको हो ।
मंगलवार विहान ४ः३० वजे वा ४३ प ४६८३ नम्वरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो । स्कुटीमा सवार रेशुंगा न.पा. ७ का नेत्र वहादुर थापा क्षेत्री सामान्य घाईते भएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपसारी (पुर्व) का अनुसार उनी काठमाण्डौवाट अर्घाखाँची तर्फ आउदै गरेका थिए । मृतक केसी काठमाण्डौमा व्यापार गर्दै आएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ५५ बजे