१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चन्द्रौटाको सहज सहकारीले चैत्र महिनाको किस्ताको व्याजमा ५० प्रतिशत छुट दियो



मायादेवी अनलाइन, चन्द्रौटा ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले निम्ताएको क्षतिलाई मध्यनगर गरी कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको सहज बचत तथा ऋण सहकारी संस्थाले व्याज मिनाह गरेको छ ।
संस्थाले आफनो शेयर सदस्यको चैत महिना भित्र किस्ताको व्याजमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खड्काले जानकारी दिनु भयो ।
सरकारले लागु गरेको लकडाउनमा सहकारीका सदस्यहरुलाई आर्थिक भार परेकोले यस अवस्थामा व्याज मिनाह गरेको अध्यक्ष खड्काले बताउनु भयो ।

साथै यस संक्रमणको अवस्थामा लकडाउनको सहकारीका सबै सदस्यलाई पालन गर्न समेत सहकारीले अनुरोध गरेको छ ।
सरकारको अर्को निर्णय न आउन्जेल सहकारी बन्द रहेको तर कुनै शेयर सदस्यलाई समस्या परेमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ८ : २१ बजे