२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन माग



काठमाडौं ।
नेकपा क्रान्तिकारी माओवादीले देश गम्भीर स्थितिबाट गुज्रिएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन माग गरेको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आज विज्ञप्ति जारी गर्दै यो स्थितिलाई ठीक ढङ्गले सम्बोधन नगरे नेपाली जनता महामारीको अथाह भुमरीमा फस्ने र देशमा सङ्कट अरू गहिरिँदै जानेतर्फ गम्भीर बन्न सरकारलाई अनुरोध गरेका हुन्। साथै महामारीविरुद्ध एकताबद्ध भएर लड्न आम नागरिकलाई नेकपा क्रान्तिकारी माओवादीले अपिल पनि गरेको छ।

वैद्य माओवादीले सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको घोषणा जनताको आँखामा छारो हाल्ने र सत्तामा बस्नेले लाभ लिने साधन बन्न लागेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ। सरकारले महामारी नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधान गर्न भनी गरेको घोषणा सुन्दा नराम्रा नभएको तर व्यवहारमा हेर्दा जनताको आँखामा छारो हाल्ने काम भएको आरोप छ। सत्तामा बस्नेहरुले यो बेलालाई आर्थिक लाभ गराउने साधन बनाउन लागेको आभाष दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ७ : ०६ बजे