२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

देशभरको आजको मौसम कस्तो होला ?



काठमाडौँ । देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले स्थानीय वायुको प्रभाव रहे पनि देशभरको मौसम सफा रहेको मौसमविदले बताएका हुन् ।बिहीबार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ।राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रही पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ७ : ५३ बजे